केही दिन आराम गर्न राष्ट्रपतिलाई डाक्टरको सल्लाह

13 October, 2025 108 Views
केही दिन आराम गर्न राष्ट्रपतिलाई डाक्टरको सल्लाह
108

असोज,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई अझै केही दिन आराम गर्न डाक्टरहरूले सल्लाह दिएका छन् ।  स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल शनिबार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारका लागि भर्ना भएका थिए । स्वास्थ्य परीक्षण र उपचारपछि आइतबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर, अस्पतालबाट डिस्चार्ज भए पनि डाक्टरहरूले केही दिन आराम गर्न सल्लाह दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Related Post