कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ

03 October, 2026 10 Views
कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ
10

ड्यूटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट गरेको आरोपमा कैलालीमा तीन जना पक्राउ परेका छन्।

बिहीबार दिउँसो भजनी नगरपालिका–३ ठेकीपुरचोकमा भारतबाट मोटरसाइकलमा ल्याइएको अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भजनी–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउद र गम्भीर साउद रहेका छन्। उनीहरूले इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरी हवल्दार विनयप्रसाद चौधरी र जवान देवराज जोशीमाथि कुटपिट गरेको आरोप छ।

कुटपिटबाट घाइते दुवै प्रहरीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। प्रहरीले सामान ओसार्न प्रयोग भएका से ४ प ११७१ र सु.प.प्र. ०१–०११ प ६४१ नम्बरका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Post