कोलम्बियामा शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

11 August, 2026 10 Views
कोलम्बियामा शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु
10

कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प गएको छ। ७ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १३२ जनाको मृत्यु भएको छ। भूकम्पपछि सरकारले प्रभावित क्षेत्रमा संकटकाल घोषणा गरेको छ।

कोलम्बियाको भौगर्भिक सेवाका अनुसार छोको प्रान्तलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। १०३ किलोमिटर गहिराइमा गएको भूकम्पको धक्का देशको पश्चिमी क्षेत्रका सयौँ माइलसम्म महसुस गरिएको थियो।

भूकम्पका कारण धेरै भवन भत्किएका छन्। ती भवनमा मानिसहरू फसेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। घटनामा ४८० भन्दा बढी मानिस घाइते भएका छन्।

भूकम्पबाट सबैभन्दा बढी क्षति ‘कफी क्षेत्र’ अन्तर्गत पर्ने पेरेइरा शहर र आसपासका क्षेत्रमा भएको छ। केन्द्रविन्दु नजिकै रहेको सान जोसे डेल पाल्मारमा सडक तथा अन्य संरचनामा क्षति पुगे पनि मानवीय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ।

अहिले प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम तीव्र रूपमा भइरहेको छ।

Related Post