कात्तिक, काठमाडौं । राप्रपा प्रबक्ता तथा निबर्तमान सांसद ज्ञानेन्द्र शाहीले कुलमान घिसिङलाई उद्योग बन्द नगर्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :
संसारका कुनै पनि देश र उद्योग कलकारखाना ,ब्याबसाय बन्द गरेर सफल र सक्षम हुँदैनन्। हाम्रो देशमा सिमेन्ट उद्योगमा र सरिया, रड ,छ्ट उद्योगहरु आत्मनिर्भर मात्र होइन अरबौँ रुपैयाँको बिदेश निर्यात गर्न सक्ने भइसकेका छन नेपालका उद्योग धन्दा बन्द गर्नका लागि विदेशी सामान आयात गर्नका लागि एउटा ठूलो रणनैतिक चाल चलिँदैछ। २०४६र४७ सालमा मा जसरी ४४ वटा उद्योगधन्दा बन्द गरियो। त्यस्तै नयाँ रणनीतिका लागि विदेशीले नयाँ पपुलर अनुहारको साहारा लिँदैछन्। हामीले जनतालाई यो कुरा राख्दा हाम्रो कुराको विश्वास गर्दैनन् किनकि उनी व्यक्ति अहिले अत्यन्तै पपुलर छन् तर वास्तविकता नेपालका उद्योग कलकारखाना बन्द गर्ने विदेशी सामान आयात गर्ने नै हो। त्यसैले भन्छु। यस्ता गलत हर्कत बन्द गर्नुहोस् होइन भने एकदिन जनताले यो कुरा थाहा पाउनेछन्। आज जस्तै जनताको हजुरलाई भगवान भन्दै पुजेका छन् त्यति नै त्यो दिन जनताको राक्षस भन्दै गाली गर्नेछन्। किनकि सत्य कहिले लुक्दैन र सत्य एक दिन अवश्य प्रकट हुनेछ। गलत गर्ने लाई कार्बाही गर तर उध्योग बन्द नगर।।