कुनै पनि उद्घाटन र शिलन्यास कार्यक्रममा अतिथिको रुपमा नबोलाउनु मन्त्री पुनका आग्रह

27 October, 2025 186 Views
कुनै पनि उद्घाटन र शिलन्यास कार्यक्रममा अतिथिको रुपमा नबोलाउनु मन्त्री पुनका आग्रह
186

कात्तिक,काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री डा।महावीर पुनले आफूलाई कुनै पनि उद्घाटन र शिलन्यास कार्यक्रममा प्रमुख अतिथि बनाएर औपचारिक कार्यक्रमहरुमा निमन्त्रण नगर्न आग्रह गरेका छन् । आफूले युनेस्को र ब्रिटिश काउन्सीलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको स्मरण गराउँदै जानै पर्ने र नगई नहुने मिटीहरुमा मात्र केहि मन्त्रीहरु बिदेश गएको बताएका छन् । बिदेश घुम्यो भनेर हल्ला नगर्न पनि अग्रह गरेका छन् । 
महावीर पुनले फेसबुकमा लेखेका छन् । 

सुचनाः कृपया कसैले पनि र कहिबाट पनि हालको म मन्त्रीलाई उद्घाटन शिलन्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरुमा निमन्त्रण गर्दै नगर्नु होला । म युनेस्को र ब्रिटिश काउन्सीलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत गइन र जाँदैन । जानै पर्ने र नगई नहुने मिटीङहरुमा मात्र केहि मन्त्रीज्यूहरु बिदेश जानु भएको हो । बिदेश घुम्यो भनेर हल्ला नगर्नु होला ।

Related Post