कप्तान बनेपछि सन्दीपले दिए रोहितलाई धन्यवाद

11 August, 2026 8 Views
कप्तान बनेपछि सन्दीपले दिए रोहितलाई धन्यवाद
8

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएपछि सन्दीप लामिछानेले पूर्वकप्तान रोहितकुमार पौडेललाई धन्यवाद दिएका छन्। कप्तान बनेपछिको पहिलो फेसबुक पोस्टमार्फत सन्दीपले रोहितले टोलीका लागि गरेको योगदान र नेतृत्वको प्रशंसा गरेका हुन्।

सन्दीपले रोहितलाई टोलीलाई हरेक परिस्थितिमा नेतृत्व गरेकोमा धन्यवाद दिँदै उनको योगदान, प्रतिबद्धता र उपस्थितिको सधैं कदर हुने बताएका छन्। उनले रोहितबाट नेपाल र नेपाली टोलीका लागि अझ धेरै योगदान हुन बाँकी रहेको विश्वाससमेत व्यक्त गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवसीय टोलीको कप्तानबाट रोहितलाई हटाएर सन्दीपलाई नयाँ कप्तानको जिम्मेवारी दिएको हो।

यसअघि रोहितलाई टी–२० टोलीको कप्तानीबाट पनि हटाइएको थियो। अब उनी नेपाली टोलीमा प्रमुख ब्याट्सम्यानका रूपमा खेल्नेछन्।

Related Post