62
काठमाडौँ । भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि कर्णाली प्रदेश सरकारले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।
बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको प्रदेश सरकारले जनाएको छ।
बैठकले सामाजिक विकास मन्त्रालयले तयार पारेको ‘शिक्षा क्षेत्र योजना २०८३/२०९२’ समेत स्वीकृत गरेको छ।