कीर्तिपुरमा आगलागी भएको गाडीबाट एक पुरुषको शव फेला, अनुसन्धान सुरु

21 July, 2026 66 Views
कीर्तिपुरमा आगलागी भएको गाडीबाट एक पुरुषको शव फेला, अनुसन्धान सुरु
66

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको गाडीबाट एक पुरुषको शव फेला परेको छ।

बा५च ३०३८ नम्बरको गाडीमा लागेको आगो नियन्त्रणमा लिएपछि प्रहरीले गाडीभित्रबाट एक पुरुषको शव निकालेको हो। घटनाबारे जानकारी दिँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले शव फेला परेको पुष्टि गरेका छन्।

प्रहरीका अनुसार आगलागी भएको उक्त गाडी नबिल बैंकको नाममा दर्ता रहेको खुलेको छ। आगलागीको कारण, मृतकको पहिचान तथा घटनाको वास्तविक विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Related Post