काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध १० वटा बैंकिङ कसुरका मुद्दा रहेको खुलेको छ। प्रधानमन्त्री बालेन शाहसँग सिंहदरबारमा छलफल गरेर बाहिरिने क्रममा सोमबार उनी पक्राउ परेका थिए।
प्रहरीका अनुसार तामाङविरुद्ध विभिन्न प्रहरी कार्यालयमा करिब १० करोड रुपैयाँ बराबरका बैंकिङ कसुर तथा ठगीका मुद्दा छन्। तीमध्ये ३ करोड ४ लाख, १ करोड ३ लाख ३० हजार, ९५ लाख र ४८ लाख रुपैयाँका मुद्दाको अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा कागजात बुझाइसकिएको छ।
त्यस्तै, २ करोड ५६ लाख रुपैयाँको ठगी मुद्दासहित भक्तपुर, जनसेवा, दरबारमार्ग, लैनचौर र महाराजगञ्ज प्रहरी कार्यालयमा पनि उनीविरुद्ध मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहले गरेको छलफलमा सहभागी हुन तामाङ सिंहदरबार पुगेका थिए । छलफलपछि बाहिरिने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।