नक्कली सुन देखाएर १ करोड ३९ लाख ठगी गरेको आरोपमा फरार कैदी पक्राउ

नक्कली सुन देखाएर १ करोड ३९ लाख ठगी गरेको आरोपमा फरार कैदी पक्राउ
48

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदी नक्कली सुन देखाएर १ करोड ३९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएका २८ वर्षीय अनिष थापालाई प्रहरीले बिहीबार साँझ टोखा नगरपालिका–९, मिलनटोलस्थित एक गेस्टहाउसबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार थापाले विभिन्न व्यक्तिलाई नक्कली सुन देखाएर पटक–पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

थापामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद दिएको छ ।

उनी जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका बेला गत वर्ष भदौ २४ गते नख्खु कारागारबाट फरार भएका थिए ।

Related Post