100
कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को आजको म्याचका क्रममा एक चियरलिडर घाइते बनेकी छन् । चितवन राइनोजका ब्याटर कुशल मल्ले छक्का प्रहार गरेको बलले लागेर उनी घाइते बनेकी हुन् ।
जनकपुर बोल्ट्सविरुद्धको खेलमा रुपेश सिंहले फ्याकेको अन्तिम ओभरको तेस्रो र चौथो बलमा कुशलले लगातार छक्का प्रहार गरेका थिए । चौथो बल बाउन्ड्री बाहिर चियर गरिरहेकी युवतीको नाकमा लाग्यो । उनी त्यहीँ ढलिन् । उनको नाकबाट रगत बग्न थालेपछि स्ट्रेचरमा राखेर निकालिएको छ । उनलाई अस्पताल लगिएको छ । इनिङ ब्रेकपछि कुशलले घाइते भएकी चियरलिडरलाई भेटेका थिए ।