74
काठमाडौं । काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकहरूमा यातायात सञ्चालनमा आएको छ। मंगलबार बिहान ९ बजेसम्म बीपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग तथा बल्खु–कुलेखानी–भीमफेदी–हेटौंडा सडक सञ्चालनमा रहेका छन्।
सडकको अवस्थाका कारण केही स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहे पनि अधिकांश सडकखण्डमा भने दुईतर्फी यातायात सञ्चालन भइरहेको छ।
धादिङको कृष्णभीर सडकखण्डमा पनि दुवैतर्फबाट सवारीसाधन सञ्चालन भइरहेको जनाइएको छ।