इसेवाको सीईओमा निरज शर्मा नियुक्त

70

काठमाडौँ । इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्।

इसेवा सञ्चालक समितिको भदौ ३० गतेको बैठकले शर्मालाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। उनले सोमबारदेखि कार्यभार सम्हालेका छन्।

बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका शर्मा डिजिटल रूपान्तरण, ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली तथा रिटेल बैंकिङका अनुभवी हुन्।

यसअघि सीईओ रहेका जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएपछि शर्मा नयाँ सीईओ बनेका हुन्। खड्काको कार्यकालमा इसेवाका प्रयोगकर्ता १ करोड ४० लाख र मर्चेन्ट संख्या ६ लाखभन्दा बढी पुगेको कम्पनीले जनाएको छ।

Related Post