पृथ्वी राजमार्ग खुलेसँगै काठमाडौं भित्रिन थाले ग्यासका बुलेट, आजै १०५ भन्दा बढी आउने

11

काठमाडौं । पृथ्वी राजमार्ग सञ्चालनमा आएसँगै भारतबाट एलपी ग्यास बोकेका बुलेटहरू काठमाडौं भित्रिन थालेका छन्। लगातारको वर्षाका कारण चार दिनदेखि राजमार्ग अवरुद्ध हुँदा रोकिएको ग्यास आपूर्ति अब क्रमशः सहज हुने भएको छ।

असोज ८ गते रातिदेखि सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकातर्फ ग्यासका बुलेट आउन सकेका थिएनन्। पृथ्वी राजमार्ग खुलेपछि रोकिएका बुलेटहरू अहिले काठमाडौंका लागि अघि बढेका छन्।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार आज मात्रै १०५ भन्दा बढी ग्यास बुलेट काठमाडौं आउँदैछन्। साँझसम्म थप बुलेट पनि भित्रिने निगमले जनाएको छ।

काठमाडौं आइपुगेका ग्यास बुलेटबाट भोलिदेखि बोटलिङ प्लान्टमा सिलिन्डर भर्ने काम तीव्र बनाइनेछ। त्यसपछि बजारमा सिलिन्डरको वितरण बढाइने भएकाले ग्यासको आपूर्ति क्रमशः सहज हुने अपेक्षा गरिएको छ।

 
 

Related Post