74
काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीलाई कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गर्नुपर्नेछ। साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ।