106
काठमाडौं । क्यानेडियन कवि तथा निबन्धकार एन कार्सनले २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार जितेकी छन्।
स्विडिस एकेडेमीले शास्त्रीय परम्परासँगको सिर्जनात्मक संवादमार्फत समकालीन साहित्यमा नयाँ शैली र रूप सिर्जना गरेको उनको नवीन कार्यका लागि पुरस्कार प्रदान गरेको जनाएको छ।
टोरन्टोमा जन्मिएकी ७६ वर्षीया कार्सन कविता, गद्य, अनुवाद र नाटकजस्ता विधामा प्रयोगका लागि परिचित छन्। उनी नोबेल साहित्य पुरस्कार पाउने तेस्रो क्यानेडियन मूलकी लेखक बनेकी छन्।
कार्सनले पुरस्कारसँगै १ करोड २० लाख स्विडिस क्रोनर, अर्थात् करिब १२ लाख अमेरिकी डलर प्राप्त गर्नेछिन्। गत वर्ष यो पुरस्कार हंगेरीका लेखक लास्लो क्रास्नाहोर्काइले पाएका थिए।