99
असोज, काठमाडौं । पोखरामा आयोजित एमाले कार्यकर्ता भेलामा स्थायी कमिटी सदस्य खगराज अधिकारीले अध्यक्ष केपी ओलीलाई गिरफ्तार गरे कास्कीबाट सबैभन्दा ठूलो जुलुस निस्कने चेतावनी दिए।
पूर्वमुख्यमन्त्रीसमेत रहेका अधिकारीले, समूद्रपारिका र छिमेकी मुलुकका निर्देशनमा चल्नेहरू एमालेका मतियार हुन नसक्ने दाबी गर्दै, यहाँ भीमसेन दाहाल, कृष्ण भुजेल र गोविन्द पौडेलले रगत बगाएका थिए, आन्दोलन यहीँबाट सुरु गरौं,उनले भने। उनले भदौं २३-२४ को जेनजी आन्दोलनमा चारै सुरक्षा निकायका मान्छे बिकेको आरोप पनि लगाए।