43
असोज, काठमाडौं । विपिन जोशीका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी स्वदेश फर्किएका छन् । इजरायल र हमासबीचको युद्धको समयमा इजरायलबाट हमासले बन्धक बनाएका जोशीलाई खोज्न बहिनी र आमा अमेरिकासम्म पुगेका थिए । तर उनीहरु निराशा बोकेर फर्किएका छन् । उनीहरु केहीबेरअघि कतार एअरवेजको विमानमार्फत स्वदेश फर्किएका हुन् । इजरायल र हमासबीचको युद्धका समयदेखि वेपत्ता रहेका जोशीको अवस्था पत्ता लगाइदिन आग्रह गर्दै उनीहरु अमेरिका पुगेका थिए । तर यी दुई देशबीच युद्धविराम भएको घोषणापछि विपिनको अवस्था पनि सार्वजनिक भएको थियो । अन्तिम समयसम्म अवस्था अज्ञात रहेपनि हमासले उनी जीवित नरहेको बताएको थियो । उनको शव इजरायललाई बुझाइसकेको छ । पोस्टमार्टम रिपोर्टमा विपिनको हत्या सन् २०२३ अन्तिमतिर नै भएको देखाएको इजरायली मिडियाहरुले उल्लेख गरेका छन् ।