खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

18 March, 2026 126 Views
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
126

चैत, खोटाङ  । बुधबार दिउँसो १२ बजेर २ मिनेटमा केपिलासगढि गाउँपालिका-२ बालावेसीमा एयर डाइनेस्टीको ‘९ (एनएफक्यू’ हेलिकप्टर अवतरण गर्नेक्रममा भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो।

हेलिकप्टरमा पाइलट सविन थापासहित ६ जना सवार थिए। दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। अरु यात्रु सकुशल छन्। प्रहरीका अनुसार दुर्घटनामा काजीबहादुर राई घाइते भएका हुन्। उनलाई उपचारको लागि काठमाडौँ लैजान एयर डाइनेस्टिकै अर्को हेलिकप्टर पुगेको छ।
 

Related Post