लगातार बर्षाका कारण नौ सडकखण्ड अवरुद्द, यात्रामा सतर्कता अपनाउन आग्रह

17 August, 2026 49 Views
लगातार बर्षाका कारण नौ सडकखण्ड अवरुद्द, यात्रामा सतर्कता अपनाउन आग्रह
49

 

काठमाडौं ।  पछिल्लो केही दिनदेखी भैरहेको लगातार बर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो, सडक भासिने तथा नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीद्वारा आज जारी सूचनाका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवतजावत रोकिएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइनेछ ।

त्यसैगरी, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 
इलामको मेची राजमार्ग इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्ग भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोमा ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि तथा सोही गाउँपालिका–२ लिपीङमा सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवाको पासाङ ल्हामु सडकखण्ड उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि अवरुद्ध भएको छ । त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी जाने सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।
रुकुम पश्चिमको भेरी करिडोर आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

उक्त सडकखण्डले जाजरकोट–डोल्पा जोड्छ । त्यस्तै, सङ्खुवासभाको कोशी राजमार्ग भोटखोला गाउँपालिका–३ सिरेकडाँडामा करिब १० मिटर सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । 
वर्षाका कारण खाँदबारी–किमाथाङ्का सडकखण्डमा सडक भासिएको प्रहरीले जनाएको छ । लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा सडक माथिबाट पहिरो खसेपछि अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात ठप्प भएको हो । यसैगरी, म्याग्दीको बेनी–जोमसोम सडकखण्ड अन्नपूर्ण गाउँपालिका ३ रुक्सेमा सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।सावधानी अपनाउन आग्रह गरेको छ । 
 

Related Post