ल्हेन्दे खोलामा हिमपहिरोपछि ताल बन्यो, थप बाढीको जोखिम

27 August, 2026 130 Views
ल्हेन्दे खोलामा हिमपहिरोपछि ताल बन्यो, थप बाढीको जोखिम
130

काठमाडौं । चीनको जलस्रोत मन्त्रालयका अनुसार ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा हिमपहिरो गएपछि ताल बनेको छ। चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु त्याङ्कपो खोलाको दोभानमा बनेको उक्त तालमा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानी जम्मा भएको छ।

चिनियाँ रिपोर्टअनुसार तालमा जम्मा भएको पानी बाहिर बग्न सुरु भइसकेको छ। साथै, आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको छ। यसले तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम बढाएको जनाइएको छ।

चीनको जलस्रोत मन्त्रालयले तालको अवस्था निरन्तर निगरानी गरिरहेको छ। सम्भावित ताल फुट्दा आउन सक्ने बाढीको जोखिमबारे मोडलिङ र विश्लेषणसमेत भइरहेको जनाएको छ।

यसैबीच, भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण चीनतर्फ तीन जनाको मृत्यु भएको र ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ रिपोर्टमा उल्लेख छ। बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको जनाइएको छ।

Related Post