लुम्बिनीको निषेधित क्षेत्रमा अवैध पसललाई २४ घण्टे अल्टिमेटम, नहटाए कारबाही

लुम्बिनीको निषेधित क्षेत्रमा अवैध पसललाई २४ घण्टे अल्टिमेटम, नहटाए कारबाही
59

काठमाडौं । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा सञ्चालन भइरहेका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ ।

कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत स्थानमा स्वीकृतिबिना पसल सञ्चालन तथा राखिएकोप्रति ध्यानाकर्षण गराएको हो ।

कोषले सूचना जारी भएको मितिले २४ घण्टाभित्र त्यस्ता पसल हटाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।

तोकिएको समयभित्र पसल नहटाए प्रचलित कानुनअनुसार कारबाही गरिने कोषले चेतावनी दिएको छ ।

Related Post