93
फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूर्ण रूपमा विश्व फुटबलका चार महाशक्ति राष्ट्रहरूको भिडन्त निश्चित गर्दै तयार भएको छ। फिफाले शीर्ष वरीयताका टोलीहरू समूह विजेता बन्दै अघि बढेमा सेमिफाइनलअघि आपसमा नभिड्ने गरी तयार पारेको नयाँ 'ड्र' तथा ब्र्याकेट योजना पूर्ण रूपमा सफल भएको छ।
जसका कारण फिफा वरीयताको इतिहासमै पहिलो पटक विश्वका शीर्ष चार टोलीहरू अन्तिम चारमा पुगेका छन्। खेल विवरणअनुसार क्वार्टरफाइनल खेलहरूमा फ्रान्सले मोरक्कोलाई २–० र स्पेनले बेल्जियमलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेका हुन् भने इङ्गल्याण्डले नर्वेलाई २–१ र साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई ३–१ को अतिरिक्त समयको रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका छन्।
अब फाइनल प्रवेशका लागि फिफा वरीयताको शीर्ष स्थानमा रहेको फ्रान्स र दोस्रो स्थानको स्पेनबिच जुलाई १४ (मंगलबार) मा डल्लास स्टेडियममा पहिलो सेमिफाइनल भिडन्त हुनेछ। य
स्तै, अर्कोतर्फ ऐतिहासिक प्रतिद्वन्द्वी मानिने इङ्गल्याण्ड र अर्जेन्टिना सन् २००२ पछि पहिलो पटक विश्वकपको मञ्चमा जुलाई १५ (बुधबार) मा एटलान्टा स्टेडियममा आमनेसामने हुने खेल तालिकामा उल्लेख छ।
यी खेलका विजेताहरू जुलाई १९ मा न्यूयोर्क न्यूजर्सीको मेटलाइफ स्टेडियममा हुने ऐतिहासिक फाइनल खेलमा फिफा विश्वकप २०२६ को स्वर्ण ट्रफीका लागि प्रतिस्पर्धा गर्नेछन्।