महोत्तरीमा चोरसँग प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार, दुवै जना घाइते

03 June, 2026 141 Views
महोत्तरीमा चोरसँग प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार, दुवै जना घाइते
141

महोत्तरीको सोनमा गाउँपालिकामा चोरी गर्न आएका लुटेरा समूहसँग प्रतिवाद गर्दा गोली लागेर एक दम्पती गम्भीर घाइते भएका छन्। मंगलबार मध्यराति भएको उक्त घटनामा सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलका २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादव घाइते भएका हुन्

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसारराति ५-६ जनाको समूहमा आएका अपरिचित सशस्त्र लुटेराहरू रामईश्वर यादवको घरमा प्रवेश गरी चोरी गर्ने प्रयास गरेका थिएघरमा अपरिचित व्यक्तिहरू देखेपछि श्रीमान्-श्रीमती मिलेर उनीहरूको प्रतिवाद गरेका थिएसोही क्रममा लुटेरा समूहले दम्पतीमाथि गोली प्रहार गरेको हो

घटनाको जानकारी पाउनासाथ प्रहरी टोली पुगेर घाइतेहरूको स्थानीय स्तरमा प्रारम्भिक उपचार गराएको थियो

घाइते दम्पतीलाई थप उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयरमा भर्ना गरिएको छ

 

घटनास्थलको निरीक्षण र खानतलासी गर्दा प्रहरीले एक थान गोलीको खोका बरामद गरेको छ घटनामा संलग्न फरार अपराधीहरूको पहिचान खुलाउन र उनीहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीले खोजी तथा अनुसन्धान कार्यलाई तीव्रता दिएको छ।

Related Post