मैले सांसदको दुवै कार्यकालमा रातो पासपोर्ट बनाइनँः विद्या भट्टराई

10 October, 2025 103 Views
मैले सांसदको दुवै कार्यकालमा रातो पासपोर्ट बनाइनँः विद्या भट्टराई
103

असोज,काठमाडौं । अहिले विघटित प्रतिनिधिसभाका सांसदहरूले धमाधम रातो पासपोर्ट फिर्ता गरिरहेको समयमा एमालेबाट विजयी पूर्वसांसद विद्या भट्टराईले भने आफूले दुवै कार्यकालमा पासपोर्ट नबनाएको बताएकी छिन् ।

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेकी छिन्, ‘नमस्कार निवर्तमान प्रतिनिधिसभा सदस्य ले रातो पासपोर्ट बुझाइरहनु भएको सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको छ । मैले रातो पासपोर्ट दुवै कार्यकालमा बनाएको थिइनँ भन्ने कुरा यहाँहरू सबैमा जानकारी गराउँछु ।’

Related Post