मैले सांसदले लिने रातो पासपोर्ट लिएको छैनः गोकुल बास्कोटा

12 October, 2025 342 Views
मैले सांसदले लिने रातो पासपोर्ट लिएको छैनः गोकुल बास्कोटा
342

असोज,काठमाडौं । नेकपा एमालेका पूर्वमन्त्री गोकुल बास्कोटले आफूले सांसदले लिने रातो पासपोर्ट नलिएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा पासपोर्ट फिर्ता नगरेको भन्दै आलोचना भएपछि गोकुलले आफूले रातो पासपोर्ट नलिएको स्पष्टिकरण दिएका छन् । यसभन्दा अघिल्लो कार्यकालको पासपोर्ट परराष्ट्र कै सम्बन्धित शाखामा गएर पहिले नै रद्द गर्न लगाएको पनि बताएका छन् । 
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् - 
अघिललो कार्यकालको रातो राहधानी परराष्ट्रकै सम्बन्धित शाखामा गएर उहिल्यै क्यान्सिल हान्न लगाई सकेको हो।अहिलेको पल्ट त्यो लिएकै छैन।तै पनि कतिले काम नपाएकोले चासो राख्ने जम्मैलाई एकमुष्ट प्रष्ट पारिदिन यो सुचाना मेरो आदेश मुताविक जारी गरिएको छ।

Related Post