मीनबहादुर विश्वकर्माको दाबी : देउवा आउने आशा, गगन सर्वसम्मत

04 October, 2026 104 Views
मीनबहादुर विश्वकर्माको दाबी : देउवा आउने आशा, गगन सर्वसम्मत
104

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले असन्तुष्ट र पार्टीको मूलधारबाट बाहिर रहेका नेताहरूलाई समेत समेट्न महाधिवेशनको उद्घाटन कार्यक्रम केही ढिला गरिएको बताएका छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहमतिको वातावरण बनाउन कार्यतालिका आवश्यकताअनुसार लचिलो बनाइएको बताए।

विश्वकर्माले पूर्वसभापति शेरबहादुर देउवा महाधिवेशनमा आएर सम्बोधन गर्ने आफूहरूको आशा रहेको बताए। देउवा आउने कुरा निश्चित नभए पनि कांग्रेसको इतिहास र आफ्नो राजनीतिक योगदानको सम्मानका लागि उनी महाधिवेशनमा सहभागी हुने विश्वास व्यक्त गरे।

उनले सभापतिमा गगन थापा सर्वसम्मत चयन हुन सक्ने सम्भावनासमेत औँल्याएका छन्।

Related Post