मन्त्रीमा सिफारिस खगेन्द्र सुनार विवादित बनेपछि प्रधानमन्त्री कार्की छलफलमा

26 October, 2025 128 Views
मन्त्रीमा सिफारिस खगेन्द्र सुनार विवादित बनेपछि प्रधानमन्त्री कार्की छलफलमा
128

कात्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएपछि अहिले छलफल चलिरहेको छ ।

उच्च स्रोतका अनुसार, उनलाई मन्त्रीको शपथ खुवाउने कि नखुवाउने भन्नेबारे अहिले छलफल भइरहेको हो । प्रधानमन्त्री सुशीला कार्कीले सुनारसहित अन्य तीन जनालाई मन्त्री सिफारिस गरेकी थिइन् । तर, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी प्रहरीको फरार सूचीमा रहेको देखिएको थियो ।
उनीविरुद्ध अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।

अन्य मन्त्रीहरूमा डा। सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय र श्रेष्ठलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Related Post