असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग सम्भावित पार्टी एकताको विषयमा स्पष्ट असहमति जनाएका छन्। हाल भारतको दिल्लीस्थित एपोलो अस्पतालमा स्वास्थ्य उपचाररत खनालले यस्तो एकता प्रक्रिया अहिले उपयुक्त नभएको बताएका छन्।
उनले माओवादीसँग एकता गर्ने प्रयासप्रति संकेत गर्दै भने, “यो हाम्रो पार्टीका लागि एकता गर्ने मौसम होइन। गलत बाटो हिँडेर भड्खालोमा परिने, र अरूलाई पनि त्यही दिशामा धकेलिने खतरा छ।” खनालले पार्टी एकताको सट्टा पहिलो प्राथमिकता introspectio (आत्मसमीक्षा-हुनुपर्ने बताए। उनले पार्टीले पछिल्ला चार वर्षको ‘विद्रोहको यात्रा’ को गम्भीर मूल्यांकन गर्नुपर्नेमा जोड दिए।
उनको प्रस्ताव अनुसार, देशभरिका क्रान्तिकारी, वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरूलाई समेटेर ८बृहत राष्ट्रिय मोर्चा८ निर्माण गर्नुपर्ने छ, जसको माध्यमबाट प्रतिनिधिसभा निर्वाचनको तयारी व्यापक रणनीतिसहित गर्न सकिनेछ।
“पार्टीलाई एकताबद्ध गरेर पुनर्गठन र रुपान्तरणको ऐतिहासिक मार्गतर्फ अघि बढ्न आवश्यक छ,” खनालले भने। उनको धारणा अनुसार, अहिलेको राजनीतिक परिस्थितिमा हतारको एकताभन्दा गहिरो मूल्यांकन, संगठन सुदृढीकरण र दीर्घकालीन रणनीति आवश्यक छ।