मौसम पूर्वानुमान : देशभर मनसुनी प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : देशभर मनसुनी प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना
63

काठमाडौं, भदौ २४ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।

हाल कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भूभागमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ। गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली देखिएको छ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा धेरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। तराईका विभिन्न क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

भारी वर्षाको सम्भावना मधेश, कोशी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका साथै बागमती र गण्डकीका हिमाली, पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा रहेको छ।

यसैगरी, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

राति तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Related Post