मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित

17 June, 2026 91 Views
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
91

काठमाडौं, असार ३ । लिओनल मेस्सी को ह्याट्रिक प्रेरित प्रदर्शनमा अर्जेन्टिना ले विश्वकप अभियानको उत्कृष्ट सुरुआत गरेको छ।

अल्जेरिया विरुद्धको खेलमा मेस्सीले एक्लै तीन गोल गर्दै टोलीलाई प्रभावशाली जित दिलाए। उनले खेलको १७औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा पनि मेस्सीको जादुई प्रदर्शन जारी रह्यो। उनले ५८औँ मिनेटमा दोस्रो तथा ७६औँ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे।

यससँगै विश्वकपमा मेस्सीको व्यक्तिगत गोल संख्या १६ पुगेको छ। उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोज को १६ गोलको कीर्तिमानसँग बराबरी गरेका छन्।

मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिनाले प्रतियोगितामा बलियो सुरुआत गर्दै उपाधि दाबेदारीलाई थप मजबुत बनाएको छ।

 

 
 

Related Post