87
असोज, काठमाडौं । नेकपा एमालेका पूर्वसांसद सूर्य थापाले रातो पासपोर्ट फिर्ता गरेका छन् । जेनजी आन्दोलनले सरकार ढलेसँगै संसद पनि विघटन भएपछि तत्कालिन सांसदहरुले रातो पासपोर्ट फिर्ता गर्न थालेका छन् । त्यसै क्रममा सूर्यले पनि आफूले रातो पासपोर्ट फिर्ता गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । अन्य विभिन्न दलका सांसदहरुले पनि रातो पासपोर्ट फिर्ता गर्दै सामाजिक सञ्जालबाट जानकारी दिइरहेका छन् ।