नकाउट चरणमा भिड्दै क्रोसिया र पोर्चुगल

28 June, 2026 75 Views
नकाउट चरणमा  भिड्दै क्रोसिया र पोर्चुगल
75
फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) मा युरोपेली फुटबलका दुई महारथी पोर्चुगल र क्रोएसिया भिड्ने पक्का भएको छ। समूह 'के' को आफ्नो अन्तिम खेलमा पोर्चुगल कोलम्बियासँग ०-० को गोलरहित बराबरीमा रोकिएपछि समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो।
अर्कोतर्फ, समूह 'एल' मा रहेको क्रोएसियाले घानालाई २-१ ले पराजित गर्दै आफ्नो समूहमा दोस्रो स्थान पक्का गरेपछि यी दुई टोलीबीचको रोमाञ्चक भिडन्त निश्चित भएको हो। यो खेल नेपाली समय अनुसार आउँदो जुलाई ३ शुक्रबार बिहान ४:४५ बजे क्यानडाको टोरन्टोस्थित टोरन्टो स्टेडियम (बीएमओ फिल्ड) मा खेलाइनेछ।
यो खेललाई विश्व फुटबलका दुई भेट्रान सुपरस्टार क्रिस्चियानो रोनाल्डो र लुका मोड्रिचको 'लास्ट डान्स' अर्थात् सम्भवतः अन्तिम विश्वकप भिडन्तका रूपमा हेरिएको छ। प्रतियोगितामा पोर्चुगलले ३ खेलमा १ जित र २ बराबरी खेल्दै ५ अंक जोडेको थियो भने क्रोएसियाले २ जित र १ हारसहित ६ अंक बटुलेको थियो।विजेता टोली विश्वकपको अन्तिम १६ मा प्रवेश गर्नेछ। 

Related Post