46
काठमाडौं । पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जा तथा ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहण टोलीका सदस्यहरूको सम्मानमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा घोषणा गरेको छ।
गाउँपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै दिवंगत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान प्रकट गर्न सोमबार शोक बिदा दिने निर्णय गरिएको जनाएको हो।
विज्ञप्तिमा सम्पूर्ण नागरिकलाई दिवंगत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकको यस घडीमा एकताबद्ध हुन आग्रह गरिएको छ।
गाउँपालिकाले निर्मल पुर्जालगायत पर्वतारोहण टोलीका सदस्यहरूको असामयिक निधनले नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ।