नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

06 September, 2026 128 Views
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
128

काठमाडौं । साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार मलेसियाको बायुमास ओभलमा भएको खेलमा साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि इशान पाण्डेले ४०, देव खनालले ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २४, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए।

यसअघि साउदीका लागि ओपनर अब्दुल वाहिदले ७७ रन बनाए। नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३–३ विकेट लिए।

यो प्रतियोगितामा नेपालको लगातार तेस्रो जित हो। यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरेको थियो। लगातार तीन जितसँगै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो।

नेपालले समूह चरणको अन्तिम खेल हङकङसँग खेल्नेछ। प्रतियोगिताको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ।

Related Post