काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। महाधिवेशन यही असोज २२ गतेसम्म सञ्चालन हुने कांग्रेसले जनाएको छ।
महाधिवेशनमा देशका विभिन्न जिल्ला तथा विदेशस्थित जनसम्पर्क समितिबाट गरी सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्। पार्टीको आगामी नेतृत्व, नीति तथा सांगठनिक विषयमा महाधिवेशनमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।
कांग्रेसका अनुसार महाधिवेशनको उद्घाटन कार्यक्रम काठमाडौँको खुलामञ्चमा आयोजना हुँदैछ। उद्घाटन समारोहमा पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा सहभागी हुन औपचारिक निमन्त्रणा गरिएको छ।
त्यसैगरी, महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत सहभागिता रहने कांग्रेसले जनाएको छ।
महाधिवेशनलाई पार्टीको आगामी राजनीतिक दिशा र नेतृत्व निर्धारणका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।