नेपाल प्रहरीको तेत्तिसौँ प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

11 November, 2025 167 Views
नेपाल प्रहरीको तेत्तिसौँ प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
167

कात्तिक,काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ३३ औँ प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।  

यो निर्णय यही कात्तिक २७ गतेदेखि लागु हुने छ । महानिरीक्षकको पहिलो दाबेदारका रूपमा रहनुभएका कार्की २०५४ चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीमा रहेको ३० बर्से सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदै छन् । त्यसअघि नै सरकारले नयाँ नेतृत्व चयन गरेको हो । नवनियुक्त महानिरीक्षक कार्कीले अब कात्तिक २७ गतेबाट औपचारिक रूपमा प्रहरी कमान्ड समाल्ने छन् ।

कार्कीले विद्यमान ३० बर्से सेवा अवधिका कारण करिब साढे दुई वर्ष प्रहरी सङ्गठनको नेतृत्व गर्नेछन् । उनको आगामी कार्यकाल १७ चैत २०८४ सम्म रहने छ । सङ्गठनभित्र कार्कीलाई एक इमानदार, व्यावसायिक र कुनै विवादमा नमुछिएका प्रहरी अधिकृतका रूपमा चिनिन्छ । गुल्मीको मालिका गाउँपालिका(७, घमिरमा २०२९ साउन १५ गते जन्मिएका कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर तथा मानविकी, शिक्षा शास्त्र र कानुनमा स्नातक गरेका छन्। २८ वर्ष लामो सेवा अवधिमा नवनियुक्त कार्कीले फिल्डदेखि नीतिगत तहसम्मको अनुभव बटुल्ने अवसर पाएका छन् ।
 

Related Post