नेपाल सरकारले जापानका राजदूत डा. दुर्गाबहादुर सुबेदीलाई फिर्ता बोलायो

17 October, 2025 373 Views
नेपाल सरकारले जापानका राजदूत डा. दुर्गाबहादुर सुबेदीलाई फिर्ता बोलायो
373

असोज,काठमाडौं । नेपाल सरकारले जापानमा नियुक्त राजदूत डा। दुर्गाबहादुर सुबेदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सरकारको निर्णयअनुसार, पूर्व प्रधानमन्त्रीहरूको पालामा राजनीतिक नियुक्तिमा पठाइएका सबै राजदूतहरूलाई कात्तिक २० भित्र फर्किन निर्देशन दिइएको छ। सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिँदै भने, “राजनीतिक नियुक्तिमा रहेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषदले गरेको हो।”

डा. सुबेदी जापानस्थित नेपाली समुदायसँग सक्रिय रूपमा सम्बन्ध राख्दै आएका थिए। उनी फिर्ता भएपछि नयाँ राजदूत नियुक्त गर्ने तयारी परराष्ट्र मन्त्रालयले सुरु गरेको जनाइएको छ।

Related Post