नेपाल टेलिकमको ‘अटम अफर’ सार्वजनिक, ६९९ रुपैयाँमै अनलिमिटेड कल र ३० जीबी डाटा

13 October, 2026 162 Views
नेपाल टेलिकमको ‘अटम अफर’ सार्वजनिक, ६९९ रुपैयाँमै अनलिमिटेड कल र ३० जीबी डाटा
162

काठमाडौँ। नेपाल टेलिकमले ‘अटम अफर २०८३’ सार्वजनिक गर्दै ग्राहकका लागि विभिन्न भ्वाइस, डाटा तथा कम्बो प्याकेज उपलब्ध गराएको छ। कम्पनीले असोज २६ गतेदेखि लागू हुने गरी नयाँ अफर सञ्चालनमा ल्याएको हो।

अफरअन्तर्गत अल नेट भ्वाइस प्याकमा ३५, ४९, ९८, १८९ र २९९ रुपैयाँका प्याकेज उपलब्ध छन्। यी प्याकमार्फत क्रमशः १०१, १११, २२२, ३३३ र ६६६ मिनेटसम्म कल गर्न सकिने कम्पनीले जनाएको छ।

त्यस्तै, ‘सजिलो अनलिमिटेड’ प्याकअन्तर्गत ६९९ रुपैयाँमा ३० दिनका लागि अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० वटा अल नेट एसएमएस उपलब्ध हुनेछन्। १ हजार ४९९ रुपैयाँको प्याकमा भने ३० दिनका लागि अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० वटा अल नेट एसएमएस सुविधा दिइएको छ।

पोस्टपेड ग्राहकका लागि ३७३ रुपैयाँको मासिक रेन्टल चार्जमा विभिन्न भ्वाइस, डाटा तथा कम्बो प्याकेज उपलब्ध गराइएको छ। यसका अतिरिक्त बन्डल्ड, एड अन, सीयूजी, एसएमएस र एफटीटीएच प्याकेजसहित फरक क्षमता भएका व्यक्तिका लागि समेत विशेष प्याकेज सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

ग्राहकले मोबाइलमा *१४१५# डायल गरेर, नेपाल टेलिकमको एप वा आधिकारिक वेबसाइटमार्फत अफरका विस्तृत जानकारी लिन तथा प्याकेज खरिद गर्न सक्ने प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिएका छन्।

Related Post