नर्सलाई श्रम शोषण गर्ने अस्पतालका सञ्चालकलाई तत्काल कानूनी कारबाही गरियोसः ज्ञानेन्द्र शाही

21 October, 2025 160 Views
नर्सलाई श्रम शोषण गर्ने अस्पतालका सञ्चालकलाई तत्काल कानूनी कारबाही गरियोसः ज्ञानेन्द्र शाही
160

कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वसांसद ज्ञानेन्द्र शाहीले नर्सलाई श्रम शोषणा गर्ने अस्पतालका सञ्चालकलाई तत्काल कानूनी कारबाही गर्न माग गरेका छन् । निजी अस्पतालहरुले रात दिन नभनी सेवामा खटिने नर्सहरुलाई आफ्नो कोठाभाडा समेत तिर्न नसक्ने तलब दिने गरेकाले गर्दा उचित तलबको व्यवस्था गरेपछि मात्रै अस्पताल सञ्चालनमा ल्याउन नेपाल सरकारलाई आग्रह गरेका छन् । लाखौं खर्च गरेर अध्ययन गर्ने नर्सहरुलाई निजी अस्पतालहरुले खान बस्नकै लागि पनि नपुग्ने तलब दिने गरेका कारण अहिले धेरै नर्सहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले नर्सहरुमाथि भइरहेको श्रम शोषणको बारेमा केही कदम नचाले सर्वसाधरणहरु चुप लागेर नबस्ने ज्ञानेन्द्रले चेतावनी दिएका छन् । 
ज्ञानेन्द्र शाहीले फेसबुकमा लेखेका छन् :
अस्पतालको बिल तिर्नलाई घरजग्गा बेच्न बाध्य पार्ने ,
एकै दिनको बेड चार्ज लाखौं लाख लिने, सामान्य बिरामी हुँदाखेरि पनि दशौं हजार रुपैयाँ तिर्न बाध्य पार्ने, बिल तिर्न नसकेपछि अस्पतालमै बन्धक बनाउने, निजी
अस्पतालहरुले रात दिन नभनी सेवामा खटिने नर्सहरूलाई आफ्नो कोठाभाडा पनि तिर्न नसक्ने तलब दिने।
यो कस्तो श्रमको शोषण होरु  यसरी श्रम शोषण गर्ने अस्पतालका सञ्चालकहरूलाई तत्काल कानुनी कारबाही गरियोस्।  उचित तलबको व्यवस्था गरेपछि मात्रै अस्पताल सञ्चालनमा ल्याउन नेपाल सरकारलाई अपिल गर्दछु। मलाई आशा र भरोसा छ यो सरकारले यो कदम चाल्ने छ यदि यो कदम चालिएन भने आम सर्वसाधारण नागरिकहरू चुप लागेर बस्ने छैनन् यो सबैको साझा मुद्दा हो। किनकि हरेक मान्छेले बिरामी हुँदा उपचार गराउनुपर्छ । 

Related Post