नेसन्स लिगमा इंग्ल्यान्डको गोलवर्षा, क्रोएसिया ७–० ले पराजित

04 October, 2026 51 Views
नेसन्स लिगमा इंग्ल्यान्डको गोलवर्षा, क्रोएसिया ७–० ले पराजित
51

काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत शनिबार भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । एचएनके रिजेका रंगशालामा भएको खेलमा कप्तान ह्यारी केन र बुकायो साकाले समान दुई गोल गरे ।

इंग्ल्यान्डका लागि जुड बेलिङघम, एन्थोनी गोर्डन र मोर्गन रोजर्सले एक–एक गोल थपे ।

खेलको आठौँ मिनेटमै केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । २१औँ मिनेटमा बेलिङघमले गोल गरेपछि टोलीको अग्रता दोब्बर भयो ।

गोर्डनले ३९औँ मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ३–० को स्थितिमा पुर्‍याए । पहिलो हाफको अन्तिम मिनेटमा साकाले गोल गरेपछि इंग्ल्यान्डले चार गोलको अग्रता बनायो ।

दोस्रो हाफमा पनि इंग्ल्यान्डले आक्रामक खेललाई निरन्तरता दियो । ५३औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरे भने ६८औँ मिनेटमा साकाले पनि व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ६–० मा पुर्‍याए ।

खेल सकिन तीन मिनेट बाँकी रहँदा रोजर्सले गोल थपेपछि इंग्ल्यान्डले ७–० को प्रभावशाली जित सुनिश्चित गर्‍यो ।

यस जितसँगै तीन खेलबाट ६ अंक जोडेको इंग्ल्यान्ड समूह ‘सी’को दोस्रो स्थानमा छ । पराजित क्रोएसिया समान खेलबाट तीन अंकसहित तेस्रो स्थानमा रहेको छ ।

Related Post