नेदरल्यान्ड्सविरुद्ध नेपालका दुई परिवर्तन: पहिले बलिङ गर्ने निर्णय

29 July, 2026 72 Views
नेदरल्यान्ड्सविरुद्ध नेपालका दुई परिवर्तन: पहिले बलिङ गर्ने निर्णय
72

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। केहीबेरमै सुरु हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।

यस खेलका लागि नेपालले प्लेइङ–११ मा दुई महत्वपूर्ण परिवर्तन गरेको छ। लगातार तीन खेलमा विकेट लिन नसकेका लेग स्पिनर सन्दीप लामिछानेलाई टोलीबाहिर राखिएको छ। यस्तै, अनुभवी अलराउन्डर सोमपाल कामी पनि आजको खेलमा समावेश छैनन्। उनीहरूको स्थानमा तीव्र गतिका बलर हेमन्त धामी र बायाँहाते स्पिनर ललित राजवंशीलाई मौका दिइएको छ।

नेदरल्यान्ड्समा जारी लिग–२ सिरिजमा नेपालले हालसम्म जितको स्वाद चाख्न सकेको छैन। पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा भने नेपालले नामिबियालाई कडा चुनौती दिएको थियो। जितको निकै नजिक पुगे पनि अन्तिम क्षणमा ३ रनले पराजित हुन पुगेको थियो।

लगातार तीन हारपछि नेपाल आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएको छ। अर्कोतर्फ, घरेलु टोली नेदरल्यान्ड्स पनि आफ्नो लय कायम राख्ने उद्देश्यसहित मैदानमा उत्रने भएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। नेपालका लागि आजको खेल अंक तालिकामा सुधार ल्याउने दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।

 
 
 

Related Post