नुवाकोटमा श्रीमानले गरे श्रीमतीको हत्या

08 October, 2025 77 Views
नुवाकोटमा श्रीमानले गरे श्रीमतीको हत्या
77

असोज, नुवाकोट ।  नुवाकोटको शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् । सविनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ । अभियुक्त तामाङले घरायसी विवाद बढेपछि आवेशमा श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् ।

Related Post