नेविसंघको बैठकमा कांग्रेस महामन्त्रीद्वय थापा र शर्माको व्यापक आलोचना

12 October, 2025 74 Views
नेविसंघको बैठकमा कांग्रेस महामन्त्रीद्वय थापा र शर्माको व्यापक आलोचना
74

असोज, काठमाडौं। नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ० को केन्द्रीय समिति बैठकमा पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको व्यापक आलोचना भएको छ । महामन्त्रीद्वयले विशेष महाधिवेशनको नाममा हस्ताक्षर अभियान चलाएर पार्टी कमजोर बनाउन खोजेको भन्दै नेविसंका केन्द्रीय सदस्यहरुले पार्टी महामन्त्रीद्वय थापा र शर्माको चर्को आलोचना गरेका हुन् ।

नेविसंका एक केन्द्रीय सदस्यका अनुसार बैठकमा महामन्त्रीद्वयविरुद्ध चर्को काक्रोश व्यक्त भएको थियो । नेविसंघको सिंगो केन्द्रीय समिति नियमित महाधिवेशनको पक्षमा उभिएको पनि ती केन्द्रीय सदस्यले बताए । ‘बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको चर्को आलोचना भयो । महामन्त्रीहरुले विशेष महाधिवेशनको नाटक गरेर पार्टीलाई कमजोर बनाउने काम गरेको भन्दै नेविसंघका नेताहरुले आक्रोश व्यक्त गरेका थिए । सिंगो नेविसंघको केन्द्रीय समिति नियमित महाधिवेशनको पक्षमा उभिएको छ,’– उनले रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा भने ।

Related Post