नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

15 October, 2025 142 Views
नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु
142

असोज,काठमाडौं ।यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोकिँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियारको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

यातायात विभाग मीनभवनस्थित सडकखण्डमा नयाँबानेश्वरबाट आएर सोही स्थानमा ‘राइट टर्न’ गर्दै गरेको बागमती बीएबी ०३६५ नम्बरको जिप नयाँबानेश्वरबाट तीनकुनेतर्फ आउँदै गरेको बा८१प ४०१० नम्बरको मोटरसाइकल गएराति एकापसमा ठोकिँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक परियार घाइते भएका थिए। उनको उपचारका क्रममा सभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

Related Post