सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको दुःखद मृत्यु

29 July, 2026 52 Views
सेप्टिक ट्यांकीमा फसेर  तीन मजदुरको दुःखद मृत्यु
52

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलस्थित निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान करिब ९ बजे स्थानीय दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा रहेको सेप्टिक ट्यांकीमा उनीहरू फसेका थिए। उक्त घरको डीबीसी सम्पन्न भई पिलर उठाउने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले जेसिबीको सहायताले सेप्टिक ट्यांकी फुटाएर तीनै जनालाई बाहिर निकालेको थियो। उद्धारपछि उनीहरूलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का अन्दाजी ४० वर्षीय कालु थारु, अन्दाजी २६ वर्षीय प्रकाश थारु र अन्दाजी ३३ वर्षीय बिर्जा थारु रहेका छन्।

उनीहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

Related Post