औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा, सह-आयोजक क्यानडाको यात्रा समाप्त

05 July, 2026 360 Views
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा, सह-आयोजक क्यानडाको यात्रा समाप्त
360
फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को पहिलो रोमाञ्चक खेलमा मिडफिल्डर अज्जेदिन औनाही (Azzedine Ounahi) चम्किँदा मोरक्को ३-० को सानदार जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको छ। नेपाली समय अनुसार आइतबार बिहान ह्युस्टनमा भएको खेलमा स्टार खेलाडी औनाहीले खेलको ५०औं र ८२औं मिनेटमा दुई उत्कृष्ट गोल गर्दै टोलीलाई स्पष्ट जित दिलाए। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मोरक्कोले आक्रामक खेल प्रदर्शन गर्‍यो। 
खेलको इन्जुरी समय (९०+८ मिनेट) मा वैकल्पिक खेलाडी सुफियान राहिमीले तेस्रो गोल थपेपछि मोरक्कोको जित निश्चित भएको थियो। यो पराजयसँगै विश्वकप २०२६ को तीन सह-आयोजक मध्ये एक क्यानडा प्रतियोगिताको प्रिक्वाटरफाइनलबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ।
यो ऐतिहासिक जितसँगै मोरक्को विश्वकप इतिहासमा एकभन्दा बढी पटक क्वाटरफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ। सन् २०२२ को कतार विश्वकपमा सेमिफाइनल पुगेर इतिहास रचेको मोरक्कोले यस पटक पनि आफ्नो लयलाई निरन्तरता दिएको छ। खेलमा क्यानडाले सुरुवाती समयमा मोरक्कोमाथि निकै दबाब सिर्जना गरे पनि गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै मोरक्कोलाई खेलमा टिकाइराखेका थिए। 
खेलमा दुई गोल गरेका औनाही सन् २००२ मा सेनेगलका हेनरी कमरापछि विश्वकपको नकआउट खेलमा दुई गोल गर्ने पहिलो अफ्रिकी खेलाडी समेत बनेका छन्। प्रशिक्षक मोहम्मद वाह्बीको नेतृत्वमा रहेको मोरक्कोले अब सेमिफाइनल प्रवेशका लागि बोस्टनमा हुने क्वाटरफाइनल खेलमा फ्रान्सको सामना गर्नेछ।

Related Post