116
असोज,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पीडितहरूको उजुरी आए झापाको गिरीबन्धु टि स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खुल्ने जानकारी दिएका छन् । उनले अहिलेको राज्य संयन्त्रमा यस्ता काम गर्न कुनै अवरोध नरहेको उल्लेख गरे ।
सोमबार साँझ मन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यससम्बन्धिस उजुरी अख्तियार वा प्रशासनमा आउनुपर्ने बताए । ‘पहिले उजुरी आउनुपर्यो । उजुरी अख्तियारमा पनि आउनुपर्यो । प्रहरी प्रशासनमा पनि आउनुपर्यो’ उनले भने,’कोही ठगिएका छन् भने प्रहरी प्रशासनमा आएपनि हुन्छ । अथवा हाम्रो नोटिसमा लिखित रुपमा ल्याइदिनुभयो भने पनि हुन्छ ।’