पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

19 January, 2026 78 Views
पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं
78

माघ, काठमाडौं ।  मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ अभियानका अगुवा दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई सोमबार पोखराबाट पक्राउ गरिएको हो ।

यसअघि भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले दुर्गा प्रसाईंलाई पक्राउ गर्न साइबर ब्यूरोलाई पत्र काटेको थियो । मेडिकल व्यवसायी प्रसाईंले अफवाह फैल्याएको भन्दै निर्वाचन आयोगले कारबाही अगाडि बढाउन निर्वाचन नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।

आयोगबारे मिथ्या तथा भ्रामक सूचना फैलाएको भन्दै आवश्यक कारबाहीका लागि आइतबार ब्यूरोमा पत्र पठाएको थियो । शनिबार पत्रकार सम्मेलन गरेर प्रसाईंले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिँदा ५२ करोड रुपैयाँको लेनदेन भएको दाबी सहितको विवादित भिडिओ सार्वजनिक गरेका थिए ।

भिडिओ र प्रसाईंको भनाइलाई आधार बनाएर विभिन्न सामाजिक सञ्जालका पेजले भ्रामक सामग्री पोस्ट गरेपछि आयोगले कानुनी कदम चालेको थियो ।

Related Post