पानीको बोतल र जारको नयाँ मूल्य निर्धारण, बढी लिए कारबाही हुने

14 October, 2025 158 Views
पानीको बोतल र जारको नयाँ मूल्य निर्धारण, बढी लिए कारबाही हुने
158

असोज, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग हुँदै आएको प्लाष्टिक बोतल तथा जारमा बिक्री वितरण भइरहेको साधारण प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ । विभागले एक सूचना जारी गर्दै अबदेखि काठमाडौँ उपत्यकामा एक लिटर बोतलको पानी १६ रुपैयाँ र उपत्यका बाहिर २० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, २० लिटर जारको पानी काठमाडौं उपत्यकामा ४७ रुपैयाँ र उपत्यका बाहिर ६० रुपैयाँ तोकिएको छ । यसअघि व्यापारीले मनलाग्दी मूल्यमा बोतल तथा जारको पानी बिक्री गर्दै आएका थिए । विभागले तोकिएको भन्दा बढी रकममा पानीको बोतल तथा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ । व्यापारीले तोकिएको भन्दा बढी मूल्यमा पानी बिक्री गरेको पाइएमा विभाग वा मातहतका कार्यालयमा सूचना दिन आम सर्वसाधारणमा विभागले अनुरोध गरेको छ । 

 

 

Related Post